मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वयम्भुबाट सुरु भयो फिल्म ‘परिवार’को छायांकन

काठमाडौं- फिल्म ‘परिवार’ को छायांकन शुक्रबार काठमाडौंको स्वयम्भु क्षेत्रबाट औपचारिक रुपमा सुरु गरिएको छ। छायांकन प्रारम्भ गर्नु अघि शुभमुहूर्त पूजा गरी फिल्मसम्बन्धी विवरण सार्वजनिक गरिएको हो।

मदन थापाको निर्देशनमा तयार हुन लागेको यो फिल्म काठमाडौंसहित मोफसलका विभिन्न स्थानमा छायांकन गरिनेछ। निर्देशक थापाले यसअघि ‘बाटो : रोड टू डेथ’ निर्देशन गरिसकेका छन् भने आगामी भदौ २७ गते प्रदर्शन हुने फिल्म ‘अभिमन्यु : च्याप्टर १’मा क्रिएटिभ निर्देशकको भूमिका निर्वाह गरिरहेका छन्।

फिल्मको पोस्टरमा देखाइएको चार पात्रहरूमध्ये एक पुरुष, दुई महिला र एक बच्चा रहेका छन्। साथै, परिवारको सदस्यसँगै देखिएका कुकुर र बिरालोले पारिवारिक सम्बन्धमा द्वन्द्व रहेको संकेत गर्छन्। फिल्मको टाइटल डिजाइन पनि फरक ढंगले तयार गरिएको छ, जहाँ ‘परि’ नेपाली भाषामा लेखिएको छ भने ‘वार’ अंग्रेजीमा उल्लेख गरिएको छ। यसले कथाको मूल भावनामा लुकेको पारिवारिक संघर्ष झल्काउँछ।

हालसम्म सार्वजनिक जानकारी अनुसार फिल्ममा अभिनेत्री लक्ष्मी बर्देवा मुख्य भूमिकामा देखिनेछिन् भने अन्य कलाकारहरूको नाम सार्वजनिक गरिएको छैन। फिल्मका निर्माता किरण रिजाल, रमेश शाही, भिसाका विक्रम थापा र स्प्रान्जा कँडेल रहेका छन्। सह-निर्माताको रुपमा सन्तोष अधिकारीको नाम उल्लेख गरिएको छ।

फिल्मको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका हुन् भने नीरज कँडेलले छायांकनको जिम्मा लिएका छन्। क्रिएटिभ निर्देशनमा शेर शाही रहनेछन्। एक्शन निर्देशन एनबी महर्जनले सम्हाल्नेछन् भने विशेष महर्जन छायांकन निर्देशकका रुपमा रहनेछन्। चिफ एडी सिर्जना भुजेल र असिस्टेन्ट डिरेक्टर राजिव गहतराज रहनेछन्।

फिल्म ‘रे अफ आर्ट’को प्रस्तुति रहनेछ भने भिसा आई फिल्म्स र साही फिल्म्स सहकार्यमा छन्। यो फिल्म आत्रेय प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने बताइएको छ। कार्यकारी निर्माता रमेशबहादुर शाही र लाइन प्रोड्युसर वारिस सोनाको संयोजनमा निर्माण कार्य अघि बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?