मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र ‘सिटामोल’को दोस्रो गीत सार्वजनिक

काठमाडौं- आगामी नेपाली चलचित्र ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ। बुधबार सार्वजनिक भएको गीतमा बाबुल गिरीको स्वर र संगीत रहेको छ भने गीतका शब्द गोविन्द भट्टले लेखेका हुन्।

संगीतकार तथा गायक गिरीले यही गीतमार्फत नेपाली रजतपटमा आफ्नो डेब्यु गरेका छन्। गीतको भिडियोमा उनी फिचर्ड कलाकारको रूपमा देखिएका छन्।

गीतको म्युजिक भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा लगायतलाई देख्न सकिन्छ।

निर्माताहरूका अनुसार, ‘सिटामोल’ चलचित्रले बिम्बात्मक रूपमा नेपाली समाजको यथार्थ, जनजीवन र परापूर्वकालदेखि कायम कुसंस्कारमाथि प्रहार गर्ने उद्देश्य राखेको छ।

चलचित्र साउन २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। यसलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले संयुक्त रूपमा लेखेका हुन्।

चलचित्रको प्रस्तुति सिमोस सुनुवारको रहेको छ भने भूगोलकुमार कार्की र विकासराज जोशी निर्माता रहेका छन्। साथै, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता हुन् भने गंगाराम श्रेष्ठ सह–निर्माताका रूपमा संलग्न छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?