मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिषेक बच्चनले अमिताभलाई “बोस” भन्दै नयाँ ‘केबीसी’ सिजनप्रति उत्साह व्यक्त

काठमाडौँ- बलिउडका महानायक अमिताभ बच्चन चर्चित टेलिभिजन गेम शो ‘कौन बनेगा करोडपति (केबीसी)’ को १७औं सिजनका लागि तयार भइरहेका छन्। मङ्गलबार सोनी टिभीले यस सिजनको पहिलो प्रोमो सार्वजनिक गरेको छ।

प्रोमो सार्वजनिक गर्दै बच्चनका छोरा तथा अभिनेता अभिषेक बच्चनले पनि आफ्ना सामाजिक सञ्जालमा सेयर गरेका छन्। उनले शोको उत्साहजनक स्वागत गर्दै बाबुलाई ‘बोस’ भनेर सम्बोधन गर्दै लेखे, “बोस” उहाँ फर्किनुभयो।”

२५ वर्ष पुगेको केबीसी

‘कौन बनेगा करोडपति’ ले हालै २५ वर्ष पूरा गरेको छ। पहिलोपटक यो शो सन् २००० को जुलाई ३ मा प्रसारण भएको थियो। त्यसयता यो शो भारतकै सबैभन्दा लोकप्रिय टिभी कार्यक्रमहरूमध्ये एक बनेको छ।

अमिताभ बच्चनले यस विशेष अवसरमा भावुक सन्देश सेयर गरेका छन्। ८१ वर्षीय अभिनेता अहिले नयाँ सिजनको तयारीमा व्यस्त छन्। उनले ट्विटरमा लेखेका छन्, “आज जुलाई ३, २०२५, म केबीसीको तयारीमा छु। मलाई केबीसी टिमले भन्यो— आजकै दिन २००० मा केबीसीको पहिलो एपिसोड प्रसारण भएको थियो। २५ वर्ष! केबीसीको जीवन यात्रा।”

उनले आफ्ना ब्लगमार्फत पनि त्यो दिनको सम्झना गरे जहाँ बिहान सामान्य रूपमा उठे र छायांकनका लागि गएका थिए। उनले लेखेका छन्, “जसरी सामान्य दिन सुरु भयो, म छायांकनमा लागें। त्यसपछि केबीसी टिमले मलाई जानकारी दियो— आज २५ वर्ष पूरा भयो। कति चाँडो बितेछ समय, पत्तै भएन।”

भारतीय संस्करण ‘Who Wants to Be a Millionaire?’ बाट सुरु

‘कौन बनेगा करोडपति’ बेलायती शो ‘Who Wants to Be a Millionaire?’ को भारतीय संस्करण हो। यस शोमार्फत अमिताभ बच्चनले पहिलोपटक टेलिभिजनमा उपस्थिति जनाएका थिए। जुन उनको करियरमा नयाँ जीवन थप्ने मोड बनेको थियो।

शो केवल क्विज मात्रै नभई देशका विभिन्न भागबाट आएका सहभागीहरूको जीवन संघर्ष र प्रेरणादायी कथाहरू प्रस्तुत हुने माध्यमसमेत बन्यो। बच्चनको चर्चित संवाद “लक किया जाए ?” आज पनि लाखौं दर्शकका कानमा गुन्जिन्छ।

नयाँ सिजन: अगस्ट ११ बाट

सोनी टिभीमा ‘कौन बनेगा करोडपति’ को १७औं सिजन आगामी अगस्ट ११ देखि प्रसारण हुने छ। दर्शकहरू फेरि एकपटक बच्चनको आवाजमा ज्ञान, भावना र मनोरञ्जनको यात्रा सुरु हुने प्रतीक्षामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?