पछिल्लो समय मानिसहरूले आफ्ना अन्य कामहरूमा समय छुट्ट्याए जसरी व्यायाम गर्नेका लागि पनि समय छुट्ट्याउन थालेका छन् ।
वास्तवमै व्यायाम मानव शरीरको लागि निकै आवश्यक पनि छ । यदि तपाई निरोगी बन्न चाहनुहुन्छ भने व्यायामलाई आफ्नो दैनिकीमा समेट्न चिकित्सकहरू सुझाव दिन्छन् ।
व्यायाम गर्नुका फाइदाहरू :
–व्यायामले शारीरिक तौल सन्तुलित राख्न मद्दत पुर्याउँदछ । नियमितरूपमा व्यायाम गर्दा मोटोघाटाहरूको तौल घट्ने र दुब्लापातलाहरूको तौल बढ्दछ ।
–व्यायामले मुटु, रक्तनली तथा श्वासप्रश्वासका अङ्गहरूलाई स्वस्थ राख्न मदत पुर्याउँछ ।
–नियमित व्यायाम गर्दा रगतमा नराम्रो कोलेस्ट्रोल घटेको र राम्रो कोलेस्ट्रोल बढेको पाइएको छ, फलतः मुटु तथा रक्तनलीका रोगहरू लाग्ने जोखिम कम हुन जान्छ । उच्च रक्तचाप घटाउन र निम्न रक्तचाप बढाउन व्यायामले सहयोग पुर्याउँछ भने मधुमेह नियन्त्रणमा पनि व्यायामले अहम् भूमिका खेल्छ ।
–तनाव नियन्त्रणमा व्यायामको ठुलो हात छ । व्यायाम गरेरै चिन्ता, नैराश्य, भय र उदासीनताजस्ता मानसिक समस्याहरूमाथि लगाम लगाउन सकिन्छ ।
व्यायाम गरिसकेपछि मुड फ्रेस हुन्छ, आत्मविश्वास र सिर्जनशीलता बढ्छ, स्मृति, लय, ध्यान र एकाग्रताजस्ता मानसिक प्रक्रियाहरू तन्दुरुस्त हुन्छन् । लामो समयसम्म व्यायाम गर्दा मस्तिष्कको संज्ञानात्मक क्षमतामा ह्रास हुन पाउँदैन ।
– मांसपेशी, अस्थिपञ्जर र स्नायु प्रणालीलाई मजबुत बनाउँदछ । रक्त शुद्धीकरण गराउँदछ । पाचन क्षमता बढाउँछ । अपच, अजीर्ण, अम्लपित्त ग्यास्ट्रिक, कब्जियतजस्ता समस्या निराकरण गर्न मदत पुर्याउँछ ।
–कुलतबाट छुटकारा पाउन पनि व्यायामले मदत पुग्छ ।
–व्यायाम गर्ने बानीले शारीरिक मानसिक र यौन क्षमता समेत बढाउँदछ ।
–क्यान्सर प्रतिरोधकता बढाउन पनि व्यायामले सहयोग पुग्दछ ।
–नसर्ने रोगहरूको रोकथाममा ठुलो टेवा पुर्याउँछ ।
–अनिद्राको समस्या भएकाहरूलाई विशेष लाभ पुर्याउँछ ।
–चाँडै बुढो हुन दिँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया