मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल पूर्व प्रहरी कलाकार संघद्वारा स्रष्टा सम्मान तथा पुरस्कार वितरण

काठमाडौं–‘सानालाई माया, ठूलालाई सम्मान; लोकसंस्कृति बचाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाल पूर्व प्रहरी कलाकार संघले आयोजना गरेको प्रथम वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको प्रमुख आतिथ्य रहेको थियो भने वरिष्ठ कलाकारहरू हरिहर शर्मा, मदनकृष्ण श्रेष्ठ, भुवनचन्द्र थापा, गौरी मल्ल तथा पूर्व आइजिपी मोतीलाल बोहरा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा साहित्य, संगीत, नृत्य र हास्य विधाका मूर्धन्य गुरुहरू चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुव हाडाको स्मृतिमा स्थापना गरिएका विभिन्न सम्मान र पुरस्कार प्रदान गरियो।

सम्मानित स्रष्टाहरूमा:

गोपाल योञ्जन सङ्गीत साधना पुरस्कार: संगीतकार प्रकाश गुरुङ, चेतन कार्की गीति वाङ्मय सम्मान पुरस्कार: गीतकार रमण घिमिरे, नृत्य साधना सम्मान पुरस्कार: नृत्य निर्देशक तथा कोरियोग्राफर वसन्त श्रेष्ठ, हाडा एण्ड पाल हास्य सम्मान: वरिष्ठ हास्य अभिनेत्री वसुन्धरा भुषाल यी सबै सम्मानहरू प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको संयुक्त उपस्थितिमा प्रदान गरिएका थिए।

कार्यक्रममा संघकी वरिष्ठ सल्लाहकार कलाकार मिथिला शर्मा बोहराले सम्मानको उद्देश्य र आफ्ना गुरुहरूप्रतिको श्रद्धाभाव व्यक्त गर्दै गुरु दक्षिणा स्वरूप यो सम्मानको स्थापनाले स्रष्टाहरूको योगदानलाई कदर गर्ने वातावरण बनाएको धारणा राखिन्।

संघले आगामी दिनमा पनि कला, संस्कृति र सिर्जनात्मक प्रतिभालाई सम्मान गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?