मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘धुरन्धर’ को फस्टलुकसँगै, रणवीरको ‘डन ३’ को नयाँ जानकारी सार्वजनिक

काठमाडौँ – ‘उरी द सर्जिकल स्ट्राइक’ निर्देशक आदित्य धारले ‘धुरन्धर’ नामको फिल्म ल्याउँदैछन, जसमा रणवीर सिंह मुख्य भूमिकामा रहेका छन् । हिजो अर्थात जुलाई ६ मा निर्माताले यस फिल्मको फर्स्ट लुक भिडियो पनि जारी गरेका थिए, जसमा रणवीर सिंह ड्यासिङ लुकमा देखिएका छन् । उनको नयाँ अवतारलाई मानिसहरुले निकै रुचाइरहेका छन् ।

यसैबीच, अब रणवीरको एक फिल्मको अपडेट पनि आएको छ। त्यो फिल्म हो– ‘डन ३’। फ्यानहरु लामो समयदेखि ‘डन ३’ को प्रतिक्षामा थिए । तर, विभिन्न कारणले फिल्मको काममा ढिलाइ भइरहेको बेला यो नयाँ अपडेट आएको हो । तर, खासमा अहिले यो फिल्मको सुटिङको बारेमा एउटा ठूलो अपडेट आएको हो।

बलिउड हंगामामा एक समाचार अनुसार ‘डन ३’ को सुटिङ जनवरी २०२६ बाट सुरु हुनेछ। रणवीरलाई पनि डनको भूमिकाका लागि तयार हुन केही समय चाहिन्छ । यो भूमिकाका लागि उनलाई मार्सल आर्टको तालिम चाहिन्छ । यस फिल्ममा रणवीरको अपोजिटमा कियारा आडवाणी देखिने भएकी छिन् ।

‘डन’ को अघिल्लो दुई भागमा शाहरुख खान र प्रियंका चोपडा थिए, तर पछिल्लो भागमा भने शाहरूख र प्रियंकको सट्टा रणवीर र कियाराले लिएका छन् र अब यी दुवैले फिल्मको नेतृत्व गर्नेछन् । तर, प्रियंका डन फ्रेन्चाइजीमा फर्किन सक्ने आशंका पनि रहेको जनाइएको छ । निर्माताहरूले ‘डन ३’ डिसेम्बर २०२६ मा रिलिज गर्ने योजना बनाएका छन्।

त्यसअघि रणवीर यसै वर्षको डिसेम्बरमा ‘धुरन्धर’ मा देखिने छन्। यो फिल्म डिसेम्बर ५ बाट हलमा रिलिज हुँदैछ । फिल्ममा उनी जासूस एजेन्टको भूमिकामा देखिने छन् । अर्थात् रणवीर पहिले जासूस बन्नेछन् र त्यसपछि अर्को वर्ष डन बन्ने छन् ।

‘डन ३’ लाई फरहान अख्तरले निर्देशन गर्दैछन् । पछिल्लो दुई भागलाई मानिसहरूले धेरै मन पराएका थिए, यो सुपर डुपर हिट भएको थियो । अब तेस्रो भागले बक्स अफिसमा कस्तो कमाई गर्छ त्यो हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?