मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘जुरासिक वर्ल्डः रि-बर्थ’ यसबर्ष सबैभन्दा बढी कमाउने हलिउड फिल्म बन्न सक्ने

काठमाडौँ – हलिउडमा धेरै थोरै फिल्म फ्रेंचाइजीहरू छन्, जुन समालोचकले पनि निकै प्रशंशा गरेका छन र जुरासिक वर्ल्ड ती मध्ये एक हलिउड फिल्म हो।

पछिल्लो फ्रेन्चाइजीका बारेमा मिश्रित समीक्षाहरूको बावजुद ‘जुरासिक वर्ल्डः रिबर्थ’ को पछिल्लो किस्ताले विश्वव्यापी बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ ।

ग्यारेथ एडवर्ड्सद्वारा निर्देशित, साइ–फाई साहसिक चलचित्र घरेलु बजार (उत्तरी अमेरिका) सहित गत बुधवार रिलिज भएको थियो। शुक्रबार सम्म फिल्मले विश्वव्यापी रूपमा १६२ मिलियन कमाएर रेकर्ड बनाएको थियो । अब उद्घाटन सप्ताहन्तमा ३००ं मिलियन डलर भन्दा बढी कमाइ गर्ने अनुमान गरिएको छ ।

रिलिज हुनु अघि युनिभर्सल पिक्चर्स र हलिउड ट्रेड एजेन्सीहरूले पहिलो सातामा विश्वव्यापी २५० मिलियन कमाउने प्रक्षेपण यसअघि नै गरिसकेका छन तर सोमबार वास्तविक आइपुग्दा शीर्ष कमाइ हुने अहिले नै अनुमान गर्न सकिनेछ ।

हालको प्रवृत्तिले १५० मिलियन घरेलु बजारवाट र १७० मिलियन विदेशी अर्थात विश्वव्यापी रूपमा उद्घाटन सप्ताहन्तमा आउने अनुमान गरिएको छ, जसले पनि ३०० मिलियन बढी कमाउने अनुमान सहजै गर्न सकिने छ ।

अनुमान अनुसार यो फिल्म यस बर्ष हलिउडमा सबैभन्दा बढी कमाउने फिल्म बन्न सक्छ किनभने बिदेशी बजारमा पनि कमाइको हिसाबमा सबैभन्दा बढी कमाइ गरेर यस फिल्मले अनेक रेकर्ड तोडेर अघि बढीरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?