मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुटिनसँग ट्रम्पले भनेः इरान र युक्रेनमा कुनै प्रगति भएन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार आफ्नो रुसी समकक्षी भ्लादिमिर पुटिनसँग इरान र युक्रेन द्वन्द्वको बारेमा कुनै प्रगति नभएको बताए

टेलिफोन संवादका क्रममा उनले यस्तो बताए। पुटिनसँग आफूले लामो समयसम्म कुरा गरेको र वार्ताका क्रममा इरानसहित युक्रेनको बारेमा पनि चर्चा गरेको बताए ।

रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभकाअनुसार लगभग एक घण्टा चलेको फोन वार्तामा पुटिनले मस्कोले युक्रेनसँगको द्वन्द्वमा आफ्नो लक्ष्यहरू प्राप्त गर्ने बताए ।

पुटिनका सहयोगीले युक्रेनसँगको तेस्रो चरणको वार्ताको लागि रूस तयार रहेको बताए । पुटिन र ट्रम्पले रूस र संयुक्त राज्य अमेरिका बीच ऊर्जा र अन्तरिक्षसहित आर्थिक परियोजनाहरूको श्रृंखला कार्यान्वयन गर्न आफ्नो पारस्परिक चासो देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?