काठमाडौं- मैत्रीपूर्ण खेलमा नेपाली युवा टिमले चीनको चिङहाईको टिमलाई ५–१ गोलअन्तरले हराएको छ ।
चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिएको खेलमा नेपाली यू-२३ टिमले चिनियाँ टिमको पोस्टमा ५ गोल गर्यो । नेपालको जितमा समीर तामाङले २ गोल गरेका थिए भने सञ्जव बिष्ट, छिरिङ लामा र नीराजन धामीले एक एक गोल गरेका थिए ।
चीनका लागि एकमात्र गोल झछी पेङकुओले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया