मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म फ्लप भएपछि निर्मल शर्माले ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा

काठमाडौं- अभिनेता निर्मल शर्माले आफू अभिनित चलचित्र फ्लप भएपछि लिन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा गरेका छन्।

‘गैंडा’ उपनामले परिचित शर्माले सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेका हुन्। उनले चलचित्रको असफलताबाट दुःखी हुँदै निर्माता पहिले सुरक्षित हुनुपर्ने धारणा राख्दै पारिश्रमिक त्यागेको बताएका छन्।

उनको कदमको कलाकार तथा निर्माता दीपकराज गिरी, रोहित अधिकारी, निर्देशक दीपेन्द्र लामा लगायतले स्वागत गरेका छन्।

हाल कलाकारहरू एकै फिल्मबाट ५० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिने चर्चा चलिरहेको बेला निर्मल शर्माको निर्णयलाई सकारात्मक कदमको रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?