मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मान्म (कालीकोट) – कालीकोटको रास्कोट नगरपालिका–३ का दलित बस्तीमा एक घर एक खानेपानीको धारा जडान भएको छ । सागाटिया, कुमाल वाडा र नैकला टोलका एक सय ७८ घरधुरीमा पाँच किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर ‘एक घर, एक धारा’ योजना अन्तर्गत खानेपानी पु¥याइएको हो ।

घरघरमै धारा जडान भएसँगै पुस्तौँदेखिको खानेपानीको सङ्कट अन्त्य भएको छ भने स्थानीयलाई घण्टौँ टाढाबाट पानी बोकेर ल्याउने बाध्यता हटेको छ । एक गाग्री पानी ल्याउन बिहानभरि लाग्ने गरेको र घरमा खानेपानीको धारा आउला भन्ने कल्पना नगरेको स्थानीय सीता कुमालले बताइन् । ‘अब बचेको समयमा आम्दानीको काम गर्न थालेका छौं,’ उनले भनिन,“खानेपानी ल्याउनका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।”

खानेपानी योजना बनाउनका लागि हेल्भेटास नेपाल र रास्कोट नगरपालिकाको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल, कालीकोटको प्राविधिक सहयोगमा सम्पन्न भएको हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले बताए । “करिब रु डेढ करोडको लागतमा दुई वटा आयोजनामार्फत योजना सम्पन्न भएको हो,’ उनले भने, ‘स्थानीयको श्रमदान महत्वपूर्ण रहेको थियो ।”

खानेपानीसँगै सरसफाइ सुधारका लागि भाँडा सुकाउने ठाउँ, फोहर फाल्ने खाडललगायत संरचना पनि निर्माण गरिएको छ । जसले बस्तीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ । रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले यो आयोजना नगरपालिकाको नमूना योजना भएको बताए । उनले यसको संरक्षण र दीगो प्रयोगमा सबैलाई जिम्मेवार बन्न आग्रह गरे ।

खानेपानी योजनाले सामाजिक न्यायलाई व्यवहारमा उतारेको उप–प्रमुख मनिराज बरालले बताए। ‘विकट दलित बस्तीमा शुद्ध पानी पु¥याएर हामीले विभेद् अन्त्यको दिशामा सानो तर महत्वपूर्ण कदम चालेका छौंँ,’ उनले भने,‘अब सरसफाइ र मर्मतमा स्थानीयको सक्रियता आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?