मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इरानबाट एकैदिन ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल- पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केका स्थानीय अधिकारीले बताएका छन् ।

सूचना र संस्कृति विभागका प्रान्तीय निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीले उनीहरुलाई पानी, खाना र तत्काल चिकित्सा सहायतासहित सबै आवश्यक आपूर्तिहरू प्रदान गरिएको जानकारी दिए ।

अफगानिस्तानले इरानसँग एउटा पश्चिमी हेरात प्रान्तमा र अर्को निमरोज प्रान्तमा गरी दुईवटा प्रमुख सीमाहरु खुल्ला गरेको छ, हालसालै दुवै सिमाहरूबाट फर्कने शरणार्थीहरूको सङ्ख्या तीव्र भएको जनाइएको छ ।

अनुमानित दुई–तीन हजार व्यक्ति र करिव ३०० परिवारहरू निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमा पार गरेर हरेक दिन अफगानिस्तान फर्किरहेको शरणार्थी र स्वदेश फिर्तीका प्रान्तीय निर्देशकले बताए ।

करिब ७० लाख अफगान शरणार्थीहरू मध्ये अधिकांश कागजात विहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन्, जसमध्ये सबैभन्दा बढी इरान र पाकिस्तानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?