मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘नाकछोङ’ को पोस्टर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘नाकछोङ’ (बिजुवा) को एक कार्यक्रमबिच पोस्टर सार्वजनिक गरिएको छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहनुभएको चलचित्रको पोस्टरमा मुख्य कलाकार भुवनसिंह राईलाई प्रस्तुत गरिएको छ ।

पोस्टरको पृष्ठभूमिमा देखिएको काठमाडौँ सहर र बिजुवालाई समेटिएको छ । चलचित्रमा यासेली योङहाङ, सुषमा सुब्बा गुरुङ, सारा राई, तायाहाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बू, त्रिचु राई, दिनेश कोइरालालगायतको अभिनय रहेको छ ।

चलचित्रको निर्देशन किरण राईले गर्नुभएको छ । राजन मुकारुङ र विष्णु किराँतीको शब्द, दिनेशकाजी बान्तवा, अनिल कोई राईको सङ्गीत रहेको चलचित्रको गीतमा नोगेन लिम्बू र परेश राईले स्वर दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?