मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब गोठमै पाइनेछ प्रजनन विशेषज्ञको सेवा

राँझा (बाँके) – बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले पशु स्वास्थ्य उपचारमा विशेषज्ञ सेवा सुरु गरेको छ ।

बिरामी पशुको स्वास्थ्य जाँचका लागि भिडियो एक्सरेसहितको विशेषज्ञ सवा सञ्चालन गरिएको कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा खिमानन्द खनालले बताए । “पशु प्रजनन् सेवा सँगसँगै हामीले पशु स्वास्थ्य उपचारमा भिडियो एक्सरेसहितको विशेषज्ञ सेवासमेत सुरु गरेका छाँै”, कार्यालय प्रमुख खनालले भने, “कार्यालयबाट उपलब्ध गराउँदै आएको यो सेवा किसानको मागअनुसार उहाँहरुको घर गोठमा समेत उपलब्ध गराउन सकिन्छ ।”

उनले एकजना किसानलाई मात्रै सेवा दिन दुर दराजमा पुग्न कठिनाइ हुने भए पनि छ÷सात वटा ‘केश’ भए किसानलाई घर गोठमै पुगेर विशेषज्ञ सेवा उपलब्ध गराउन सकिने उनको भनाइ छ । हाल यो सेवाबाट बाँके र बर्दियाका किसान लाभान्वित भएको कार्यालय प्रमुख डा खनालले बताए ।

राष्ट्रिय पशु प्रजनन कार्यालयले पश्चिम नेपालमा पशुको नश्ल सुधार र घाँस उत्पादनमा किसानलाई साथ दिँदै आएको छ । विसं २०३६ मा बुल सेन्टरको रुपमा स्थापना भएको यो कार्यालयले विभिन्न आरोहअवरोह पार गर्दै ४६ वर्षदेखि यस क्षेत्रका किसानलाई सेवा प्रवाह गर्दै आएको कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा खनालले बताए ।

“स्थापनाको ४६ वर्ष पार गर्दा राष्ट्रिय पशु प्रजनन कार्यालयको नाम तीन पटक परिवर्तन गरिएको छ”, उनले भने, “विसं २०३६ मा बुल सेन्टरको रुपमा स्थापना भएको यो कार्यालय २०४२ सालमा पशु प्रजनन कार्यालय, २०६० सालमा चरन तथा घाँसेबाली बीउ वृद्धि फार्म र २०७५ मा सङ्घीयता कार्यान्वयनसँगै राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाट बाँकेमा रुपान्तरण भएको छ ।”

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाट बाँकेले हाल लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुम जिल्ला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पशुमा नश्ल सुधार तथा घाँस उत्पादन सेवा प्रवाह गर्दै आएको पशु प्राविधिक देवनारायण जैशीले बताए ।

उहाँले कार्यालयबाट पशु नश्ल सुधारतर्फ कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण, चरन एवं बीउ वृद्धितर्फ हिउँदे वर्षे तथा बहुवर्षीय घाँसको बीउ उत्पादन तथा वितरणको काम हुँदै आएको जानकारी दिए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले राष्ट्रिय पशु प्रजनन कार्यालय खजुरा गाउँपालिकाकै पहिचानको रुपमा रहेको उल्लेख गरे । उनले पशुको नश्ल सुधार र घाँसको बीउको लागि राष्ट्रिय पशु प्रजनन कार्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय पशु प्रजनन कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा एक लाख १७० ‘डोज’ वीर्य उत्पादन गरेको छ । विसं २०८१ साउनदेखि २०८२ जेठ महिनासम्म राँगा, साँढे र बोकाको गरी एक लाख १०० डोज वीर्य उत्पादन गरेको कार्यालयका सूचना अधिकारी डा मिलनकुमार चौधरीले बताए ।

उनका अनुसार उत्पादन गरेकोमध्ये ६१ हजार डोज वीर्य किसानलाई वितरण गरिएको छ । यो अवधिमा ४३ हजार ८०० पशु चौपामा कृत्रिम गर्भाधान गराइएको छ । कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार डोज वीर्य उत्पादन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?