मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्रेकअपपछि विजय वर्मा फातिमा सना शेखको प्रेममा?

नयाँ दिल्ली- बलिउडमा अभिनेता विजय वर्मा र अभिनेत्री फातिमा सना शेखको सम्बन्धबारे पछिल्लो समय धेरै चर्चा चलिरहेको छ।

मुम्बईको एक क्याफे बाहिर उनीहरू सँगै देखिएपछि सामाजिक सञ्जालमा व्यापक बहस भएको छ। हाँस्दै, अङ्कमाल गर्दै भेटिएको दृश्यलाई लिएर फ्यानहरूले प्रेम सम्बन्धको अड्कल गरेका छन्। तर, प्रश्न उठ्छ—यो सब प्रेम सम्बन्ध हो कि आगामी फिल्मको प्रचार रणनीति?

विजय र फातिमा छिट्टै फिल्म ‘गुस्ताख इश्क’ मा एकसाथ देखिँदै छन्। यस्ता प्रेमसम्बन्धी हल्लाहरू कहिलेकाहीँ नयाँ फिल्मको प्रचारका लागि सान्दर्भिक बन्ने गरेको विगतमा देखिँदै आएको छ। यो फिल्म डिजाइनर मनीष मल्होत्राको स्टेज ५ प्रोडक्सनअन्तर्गत तयार हुँदैछ, जसले पहिले पनि यस्तै चर्चा र गसिपमार्फत प्रचारको रणनीति अपनाएको देखिएको छ।

यसअघिको सम्बन्धको सन्दर्भमा, विजय वर्माको अभिनेत्री तमन्ना भाटियासँगको अफेयरले पनि धेरै समय हेडलाइन कब्जा गरेको थियो। उनीहरूको ब्रेकअपको खबरसँगै अब फातिमासँगको सम्बन्धले पुनः विजयको व्यक्तिगत जीवनलाई केन्द्रमा ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?