काठमाडौं- साताको चौथो दिन बुधवार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै,आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी २ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया