बलिउड स्टार शाहरुख खान र सनी देओलबीच लामो समयदेखि जारी तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको छ ।
‘गदर २’ लाई मिलेको सफलताले यी दुईबिचको सम्बन्धमा सुधार ल्याइदिएको हो । सो फिल्मको सेलिब्रेसनमा शाहरुख पनि सामेल भएपछि उनीहरुविच रहेकाे तिक्तता अन्त्य भएकाे अनुमान गरिएको थियो ।
जसलाई लिएर सिने क्षेत्रमा चर्चा चल्दा हालै एउटा अन्तरवार्तामा स्वयम सनीले नै शाहरुखसँगको लामो समयदेखिको मतभेद अन्त्य भएको पुष्टि गरेका हुन् ।
सो अन्तरवार्तामा सनीले सबै जना विगतलाई भुलेर अगाडि बढिसकेको र सबै खुसी र सन्तुष्ट रहेको बताएका थिए ।
‘हरेक व्यक्ति आ–आफ्नो जीवनमा अगाडि बढिसकेका छन् र हामी खुसी पनि छौँ ‘ – सनीले भनेका छन् ।
गलत वा सही के गरियो भन्ने बारे आफूहरूलाई थाहा भएको बताएका उनले आफ्नो पार्टीमा सबै आएको देखेर खुसी व्यक्त गरेका हुन् । उनले समय नै औषधी भएको र विगतका विवादलाई विगतमै छोडिदिनु उचित हुने समेत बताए ।
फोटोमा शाहरुख र सनी एक अर्कालाई अँगालो हालिरहेको देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया