मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तेहरानस्थित अस्ट्रेलियाली दूतावास अनिश्चितकालका लागि बन्द

तेहरान– इरान-इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द गरेको छ। अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै इरानका रहेको आफ्नो दूतावास बन्द गरेको हो।

अस्ट्रेलियाको यो निर्णयसँगै अमेरिका र इजरायल युद्धका विषयमा संसारका धेरै देशले प्रतिक्रिया दिन थालिसकेका छन्। बेलायती विदेश मन्त्री डेभिड लेमीले अन्य देशका विदेश मन्त्रीसँग भेट गरेका छन्। उनले जेनेभामा आफ्ना फ्रेन्च र जर्मन समकक्षीलाई भेट्ने छन्। युरोपेली विदेश नीतिका प्रमुख काजा कालास पनि सो कार्यक्रममा उपस्थित हुने छन्।

अमेरिकाले इरानका आक्रमण गर्नका लागि दुई साताको समय राखेका कारण यस बिचमा अमेरिका र बेलायतको बिचमा पनि वार्ता हुने अनुमान गरिएको छ। अमेरिकाले आफ्नो मित्रवत् सम्बन्ध रहेका सबै देशसँग सल्लाह लिएर मात्र वार्ता अघि बढाउने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?