मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आङ सान सुकीको ८० औँ जन्मदिन जेलमा

जोयनेपाल
143
Shares
(FILES) People participate in a rally in support of Myanmar’s State Counsellor Aung San Suu Kyi as she prepares to defend Myanmar at the International Court of Justice in The Hague against accusations of genocide against Rohingya Muslims, in Yangon on December 10, 2019. Myanmar’s deposed democratic leader Aung San Suu Kyi was set to mark her 80th birthday in junta detention on June 19, 2025, serving a raft of sentences set to last the rest of her life. (Photo by AFP)

एजेन्सी– म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८० औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाएकी छन्।

हिरासतमा उनले आफ्नो बाँकी जीवनभर चल्ने सजायहरू भोगिरहेकी छन्। सुकी म्यान्माको एक दशकको लोकतान्त्रिक सुधारकालको प्रतिनिधि व्यक्तित्व हुन् र सैन्य शासनबाट खुल्दै गर्दा उनी वास्तविक नेत्री बनेकी थिइन्।

तर सन् २०२१ को विद्रोहमा जनरलहरूले सत्ता फिर्ता लिएपछि उनी भ्रष्टाचारदेखि लिएर कोभिड–१९ महामारीको प्रतिबन्ध उल्लङ्घन गर्ने अभियोगमा बन्दी बनाइन् र २७ वर्षको सजाय भोगिरहेकी छन्। ‘यो क्षणमा उत्सव मनाउन गाह्रो हुनेछ’, बेलायतबाट उनका ४७ वर्षीय छोरा किम एरिसले भने, ‘यो यति लामो समयदेखि चलिरहेकाले हामीले सहन सिकेका छौँ।’

उनले आफ्नी आमाको जन्म दिनसम्मका आठ दिनमा ८० किलोमिटर (५० माइल) दौडिरहेका छन् र आफ्नी आमाका लागि ८० हजारभन्दा बढी शुभकामना भिडियो सन्देशहरू सङ्कलन गरेका छन्। तर सुकीले ती देख्न पाउने छैनन्। उनी म्यान्माको फैलिएको राजधानी नेपिडोमा एकान्तमा छिन्। जहाँबाट सेनाले गुरिल्ला लडाकूहरूविरुद्ध गृहयुद्धको निर्देशन गर्छ।

एरिसले आफ्नी आमा जेल परेदेखि दुई वर्षअघि पत्रमार्फत एक पटक मात्र आफ्नी आमाबाट सुनेको बताए। ‘उहाँको अवस्था कस्तो छ हामीलाई थाहा छैन”, उनले भने। उनले आफ्नी आमाले मुटु, हड्डी र दाँतको समस्याको उपचार नपाएर पीडा भोगिरहेको हुनसक्ने डर व्यक्त गरे।

के तपाईं अझै याद गर्नुहुन्छ ?

सैन्य नियन्त्रणमा रहेका म्यान्माका भागहरूमा कुनै औपचारिक उत्सवको योजना छैन, तर सैन्य नियन्त्रित मान्डले सहरमा अनुयायीहरूको एउटा समूहले उनको जन्मदिनअघि स्वतःस्फूर्त विरोध प्रदर्शन गरेको स्थानीय मिडियाले जनाएका छन्।

केही मास्क लगाएका प्रदर्शनकारीले सडकमा ‘डरबाट मुक्ति’ र ‘जन्मदिनको शुभकामना’ लेखिएका पर्चाहरू छरेका थिए र एक सदस्यले सामाजिक सञ्जालमा साझा गरिएको अस्थिर क्यामेराको फुटेजमा सुकीको तस्बिर समातेका थिए।

Ncell 2
‘के तपाईं अझै यो महान् व्यक्तिलाई याद गर्नुहुन्छ ?’, भिडियोमा एक प्रदर्शनकारीले सोधे। सुकी बहुसङ्ख्यक बौद्ध देशमा निकै लोकप्रिय हुनुहुन्छ, तर उनले रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक विरुद्धको कारबाहीमा सेनापतिहरूको रक्षा गरेपछि सैन्य अधिग्रहण हुनुअघि विदेशमा लोकतन्त्रको प्रतीकका रूपमा उनको स्थिति ध्वस्त भएको थियो।

म्यान्माको सेनाको लामो प्रभावको विरुद्धमा उनी शक्तिहीन रहेको तर्क गरे तापनि लाखौँ रोहिङ्ग्यालाई उनको शासनअन्तर्गत छिमेकी बङ्गलादेशमा भाग्न पठाइयो। तैपनि एकपटक सुकीलाई पुरस्कारहरूको वर्षा गर्ने संस्थाहरू र व्यक्तित्वहरूले तुरुन्तै आफूलाई टाढा राखे र उहाँको दोस्रो कारावासले धेरै कम अन्तर्राष्ट्रिय ध्यान पाएको छ।

बन्द भएको जन्मदिन

म्यान्माको स्वतन्त्रता नायक आङ सानकी छोरी सुकी लगभग संयोगवश लोकतन्त्रकी च्याम्पियन बनिन्। आफ्नो युवावस्थाको धेरै समय विदेशमा बिताएपछि उनी सन् १९८८ मा आफ्नी बिरामी आमाको हेरचाह गर्न फर्किइन् तर दमनद्वारा कुल्चिएको सैन्य विरोधी प्रदर्शनको नेतृत्व गर्न थालिन्।

उनी १५ वर्षसम्म बन्द थिइन्, जसमध्ये अधिकांश समय उनको परिवारका लागि याङ्गुन लेकसाइड हवेलीमा थियो। त्यहाँ उनले अझै पनि सीमा पर्खालमाथि भाषणका लागि भीड आकर्षित गर्थिन्। सेनाले निर्वासनमा गए स्वतन्त्रता दिने प्रस्ताव गरेको थियो तर उनको शान्त अस्वीकारले उनलाई स्पटलाइटमा ल्यायो र उनलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार दिलायो।

सुकी सन् २०१० मा रिहा भइन् र सन् २०१५ मा उनले नेसनल लिग फर डेमोक्रेसी पार्टीको चुनावी विजयमा नेतृत्व गरिन्। सेनाद्वारा बनाइएको नियमहरूका कारण उनी कहिले पनि औपचारिक रूपमा राष्ट्रपति पदमा आउन सकिनन्। यदि यी अस्सी वर्षीया आफ्नो वर्तमान काराबासबाट रिहा भइन् भने एरिसले उनी सम्भवतः म्यान्माको राजनीतिमा ‘अग्रङ्ंक्तिको स्थिति’ बाट पछाडि हट्ने भविष्यवाणी गरे।

सेनाले यस वर्षको अन्त्यमा नयाँ चुनावको वाचा गरेको छ, तर सुकीको अहिंसक दृष्टिकोणका पूर्व अनुयायीहरू मिलेर बनेका धेरै समूहले तिनलाई बहिष्कार गर्ने तयारी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?