काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एकलाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुन प्रतितोला एकलाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर दुईहजार १६० रुपैयाँ कायम छ । सोमबार चाँदी प्रतितोला दुईहजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया