मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानूनको उल्लंघन’ : साउदी अरेबिया

रियाद- सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको रियादले शुक्रबार इरानमा सैन्य र आणविक स्थलहरू विरुद्ध इजरायलले गरेको आक्रमणको कडा निन्दा गरेको छ ।

प्रमुख सैन्य कमान्डरहरू र आणविक वैज्ञानिकहरूको मृत्यु भएको आक्रमणले यस क्षेत्रमा पूर्ण युद्धको डर उत्पन्न गरेको छ र ओमानमा आइतबारका लागि तय गरिएको अमेरिका–इरान आणविक वार्तालाई जोखिममा पारेको छ ।

‘साउदी अरब अधिराज्यले भ्रातृपूर्ण इस्लामिक गणतन्त्र इरानविरुद्ध इजरायली आक्रमणको कडा निन्दा र भर्त्सना व्यक्त गर्दछ, यो आक्रमणले यसको सार्वभौमिकता र सुरक्षालाई कमजोर पार्छ र अन्तर्राष्ट्रिय कानून र नियमहरूको स्पष्ट उल्लङ्घन गर्दछ’, विदेश मन्त्रालयले एक विज्ञप्तिमा भन्यो ।

यी आक्रमणहरूलाई ‘जघन्य आक्रमणहरू’ का रूपमा वर्णन गर्दै मन्त्रालले भन्यो, ‘अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले यस आक्रामकतालाई तुरुन्त रोक्ने ठूलो जिम्मेवारी बोकेको छ ।’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान विरुद्धको अपरेसन ‘जति दिन लाग्छ त्यति दिन जारी रहने’ बताएका छन् ।तेलको मूल्य १२ प्रतिशतभन्दा बढी बढेका कारण व्यापक द्वन्द्वको डरका साथ तेल समृद्ध यस खाडी मुलुकमा आक्रमणले स्तब्ध बनाएको छ ।

सन् २०२३ मा चीनले साउदी अरेबिया र इरानबीच ऐतिहासिक मेलमिलाप सम्झौताको मध्यस्थता गरेको थियो । साउदी अरब र इरानले लामो समयदेखि मध्यपूर्वका द्वन्द्वहरूमा विपरीत पक्षहरूलाई समर्थन गरेका थिए ।

प्रमुख शिया धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएपछि इरानी प्रदर्शनकारीहरूले साउदी कूटनीतिक मिसनहरूमा आक्रमण गरेपछि रियादले सन् २०१६ मा सम्बन्ध तोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?