काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारले ‘हेरा फेरी–३’ विवादपछि अर्को कानुनी झमेलाबाट समेत राहत पाएका छन्। फिल्म ‘जोली एलएलबी–३’को छायाङ्कन रोक्न माग गर्दै दायर गरिएको मुद्दा अदालतले खारेज गरिदिएको हो।
अजमेर जिल्ला बार एसोसिएसनका अध्यक्ष चन्द्रभान सिंह राथोडले अक्षय, अर्सद वार्सी र निर्देशक सुभाष कपुरविरुद्ध राजस्थान उच्च अदालतमा उजुरी दिएका थिए। उनका अनुसार फिल्मले न्यायपालिका र वकिलको छवि बिगार्ने डर छ।
तर अदालतले “सिर्जना प्रक्रिया आशंकाको भरमा रोक्न मिल्दैन” भन्दै मुद्दा अस्वीकार गरेको हो। साथै, चलचित्र सम्वन्धी आपत्ति समाधानको जिम्मा सेन्सर बोर्डको हुने अदालतले स्मरण गराएको छ।
यस निर्णयसँगै ‘जोली एलएलबी–३’को सुटिङ अघि बढ्न पाउने भएको छ भने निर्माण टिमले राहत पाएको छ। फिल्म यही सेप्टेम्बरमा प्रदर्शन हुने तयारीमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया