मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाँच हजार वर्षपछि रोटीको स्वाद: टर्कीको पुरातन आविष्कारमा भीड

काठमाडौँ – टर्कीमा उत्खनन गर्दा ५ हजार वर्ष पुरानो रोटी फेला परेको छ । कल्पना गर्नुहोस् कि त्यो कसैले यो जलेको रोटीलाई गाडेको हुनुपर्छ, जसले आज सारा संसारले स्वाद लिइरहेको छ। यो पुरातन रोटी पुरातत्वविद्हरूले टर्की एस्की सेहिर शहर नजिकै कुलुओबामा उत्खनन गर्दा फेला पारेका थिए।

यो पाँच इन्च गोलो, समतल रोटी प्यान केक जस्तो देखिन्छ। यसको कार्बन डेटिङले देखाएको छ कि यो ५५०० ईसा पूर्वको हो। चाखलाग्दो कुरा यो हो कि वैज्ञानिकहरूले यसको स्वाद थाहा पाएका छन् । जसका कारण अहिले स्थानीय बेकरी सपमा सोही स्वादको यस्ता रोटी बनाइने गरिएको छ, जो किन्न र खानका लाथि मानिसहरुको भीड लाग्ने गरेको छ ।

फिजिक्स डट ओआरजीको रिपोर्टका अनुसार पुरातत्वविद् मुरात तुर्कटेकीले हाँस्दै भने, ‘उत्खननमा रोटीका टुक्रा मात्रै भेटिए तर यो पूरै जलेको रोटी हो, जो जलेर गाडिएका कारण अहिलेसम्म सुरक्षित रह्यो।’ बैज्ञानिकहरुको विश्वास छ कि यो कुनै विशेष अनुष्ठानका लागि गाडिएको हुनसक्छ, सायद घरमा खुशी ल्याउनको लागि मन्त्र प्रहार गरेर राखिएको हुन सक्छ। तर, धेरै लामो समयसम्म रहदाँ रोटीको टुक्रा भाँचियो, त्यसपछि जल्यो र घरको प्रवेशद्वार मुनि गाडिएको हुन सक्ने उनीहरूको अनुमान छ ।

जब सेप्टेम्बर २०२४ मा फेला परेको यो रोटी अब इस्कीसेहर पुरातत्व संग्रहालयमा सुपरस्टारको रूपमा चम्किरहेको छ। सहरका मेयर आइसे अनलुचेले भने, ‘यो खोजले मन छोयो । मैले सोचे, किन यो पुरानो रोटीलाई पुनर्जीवित नगर्ने ? प्रयोगशालामा गरिएको परीक्षणले पत्ता लगायो कि रोटी पुरातन एमर गहुँ, दाल र एक अज्ञात बोटको पातबाट बनाइएको थियो, जसले खमीरको रूपमा काम गर्यो।’

टर्कीमा इमर गहुँ अब उपलब्ध नभएकोले वैज्ञानिकहरूले कभिल्का गहुँ, बुलगुर र दाल प्रयोग गरेर मुछेर नयाँ रूपमा विकास गरेका छन । त्यसपछि ‘हल्क एकमेक’ बेकरी तयार भयो र हरेक दिन ३०० रोटी बनाउन थालियो । करिब १६० नेपाली रुपैयाँ पर्ने यी ३०० ग्रामको रोटी केही घण्टामै बिक्छन् ।

एक ग्राहकले हाँस्दै भने, ‘रोटी सकिन थाले पछि दौडिएर आएको हुँ किनभने ५ हजार वर्ष पुरानो स्वाद चाख्न म निकै उत्सुक छु ।’

त्यस समयमा कुलुओबा हाईटियन मानिसहरूको बस्ती थियो, जो व्यापार, शिल्प र खेतीमा विशेषज्ञजस्तै थिए। तर, आज इस्कीसेहर खडेरीले ग्रस्त छ। मेयर ऐसेले भने, ‘कम पानी लाग्ने बाली लगाउनु पर्छ भनेर हाम्रा पुर्खाले सिकाउनुभएको छ, खडेरी र रोगसँग लड्न सक्ने कविल्का गहुँलाई अब उक्त क्षेत्रमा पुनः उत्पादन गर्ने योजना छ ।’

मेयर भन्छन्, ‘यो रोटी जमिनमा ५ हजार वर्षसम्म बाँच्यो, अब यो सम्पदा जोगाउने पालो हाम्रो हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?