मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इरानको मिसाइल शक्ति विस्तारमा चीनको सक्रिय सहयोग

काठमाडौँ – इजरायलले आफ्नो परमाणु अखडामा आक्रमण गर्ने खतरालाई मध्यनजर गर्दै इरानले चीनसँग ठूलो सम्झौता गरेको छ । सो सम्झौता अनुसार इरानले चीनबाट ‘अमोनियम पर्क्लोरेट पाउडर’ आयात गर्दैछ, जुन पाउडर ब्यालेस्टिक मिसाइल बनाउन प्रयोग गरिन्छ।

वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार चीनले अर्को महिना इरानमा अमोनियम पर्क्लोरेट पाउडर पठाउने निर्णय गरिसकेको छ । यसपछि इरानी वैज्ञानिक र प्राविधिकहरूले यसबाट ब्यालेस्टिक मिसाइल बनाउने छन्। यो मिसाइल इजरायलमा आक्रमण गर्न र त्यहाँका यहूदीहरूलाई मार्न प्रयोग गरिने उनीहरूको शंका रहेको छ ।

रिपोर्ट अनुसार इरानले ८०० ब्यालेस्टिक मिसाइल बनाउने प्रयास गरिरहेको छ । इरानले यो ८०० मिसाइलका लागि चीनबाट अमोनियम पर्क्लोरेट पाउडर माग गरेको छ । यो सम्झौताले इराकको इजरायल–अमेरिकाबीच तनाव बढाउने पक्का देखिएको छ।

यति मात्र होइन, हाल इरानसँग तीन हजारभन्दा बढी ब्यालेस्टिक मिसाइल छन् । हालै इरानले एक भिडियो सार्वजनिक गर्दै आफ्नो मिसाइल शक्ति प्रदर्शन गरिसकेको छ ।

यो पाउडर सेतो, क्रिस्टलीय र पानीमा घुलनशील छ। यसलाई अक्सिडाइजर पनि भनिन्छ। मिसाइल वा रकेटमा प्रयोग हुने अन्य रसायनहरू दहन नभएसम्म यसले अक्सिजन प्रदान गर्दछ। यो बिना मिसाइललाई जमिनमा विस्फोट गर्न गाह्रो छ। त्यसैले यसलाई निकै महत्वपूर्ण मानिन्छ ।

अमेरिकी अखबारले आफ्नो रिपोर्टमा ८०० मिसाइल बनाए पछि इरानले तीमध्ये केही हुथी विद्रोहीलाई पनि दिने योजना बनाएको जनाएको छ । एकातिर हुथी विद्रोहीहरूले इजरायलमा लगातार हमला गरिरहेका छन् भने अर्कोतिर अमेरिकासँग पनि समस्या भइरहेको छ। हुथी हाल इजरायलमा लगातार मिसाइल प्रहार गर्ने एक मात्र संगठन हो। गत बिहीबार पनि हुथी विद्रोहीले तेल अवीभमा मिसाइल आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?