मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साताको अन्तिम दिन नेप्से पाँच दशमलव ९९ अङ्कले घट्यो

काठमाडौँ – साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक पाँच दशमलव ९९ अङ्कले घटेर दुई हजार ६४० दशमलव ९६ को विन्दुमा कायम भएको छ ।

आज तीन सय ११ कम्पनीको एक करोड ७१ लाख आठ हजार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक खरिदबिक्री हुँदा रु सात अर्ब ९७ करोड आठ लाख ८६ हजार ६६३ दशमलव ४६ को कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन रु पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ बराबरको कारोबार भएकामा आज कारोबार रकम भने बढेको हो ।

आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ । एक सय ९३ कम्पनीको शेयर मूल्य घट्दा एउटा कम्पनी स्थिर छ । रिर्भस फल्स पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?