मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आरसीबीको जितको उत्सवमा भागदौड, कम्तीमा ११ जनाको मृत्यु

बेंगलुरु-आईपीएल उपाधि जितेको खुशीमा आयोजित उत्सवका क्रममा बेंगलुरुको चिन्नास्वामी रंगशाला बाहिर भएको भागदौडमा कम्तीमा ११ जनाको ज्यान गएको छ। लाखौं समर्थक आरसीबी टोलीलाई स्वागत गर्न आएका थिए।

रंगशालाको गेट खुलेको नहुँदा ठूलो भीडले सानो गेट धकेल्न खोज्दा भागदौड मच्चिएको प्रहरीले जनाएको छ। करिब एक लाख मानिसको अपेक्षा गरिएपनि झण्डै दुई लाख मानिस उपस्थित भएका थिए।

उपमुख्यमन्त्री डीके शिवकुमारले घटनाले गहिरो दुःख दिएको भन्दै सुरक्षामा ध्यान दिन आग्रह गरेका छन्। टोलीलाई स्वागत गर्न राज्यका उच्च अधिकारीहरू उपस्थित थिए, तर भागदौड सुरु भएपछि टोली होटल फर्किएको थियो।

घटनापछि मेट्रो स्टेशनहरू बन्द गरिए, भीड नियन्त्रणमा ल्याउन प्रहरीले लाठीचार्ज गर्नुपर्‍यो। भाजपा नेताहरूले राज्य सरकारमाथि गम्भीर लापरवाहीको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?