मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हङकङसँग आज नेपालको मैत्रीपूर्ण फुटबल खेल

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सो कोन पोमा रहेको हङकङ रङ्गशालामा हुनेछ।

३७ वर्षपछि नेपाल र हङकङ आमनेसामने हुन लागेका हुन्। सन् १९८८ मा दुबै टोलीबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो।

यो खेल २०२७ एएफसी एशिया कप छनोटको तयारीस्वरूप आयोजना गरिएको हो। छनोट अन्तर्गत हङकङले मङ्गलबार भारतसँग तथा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछन्।

समूह ‘सी’मा रहेको हङकङले पहिलो खेलमा सिंगापुरसँग गोलरहित बराबरी खेलेको छ भने नेपाल मलेशियासँग २–० ले पराजित भएको थियो। फिफा वरीयतामा नेपाल १७५औं र हङकङ १५३औं स्थानमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?