मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रेखा थापाको थिएटर डेब्यु ‘मीरा’ नाटकमार्फत्

काठमाडौं– २५ वर्ष लामो फिल्मी यात्रापछि अभिनेत्री रेखा थापाले थिएटरमार्फत् नयाँ यात्रा सुरु गरेकी छन्। नाटक ‘मीरा’ मार्फत् उनले ‘पर्फमेन्स आर्ट’मा डेब्यु गरेकी हुन्।

दीपक सिंजालीको उपन्यासमा आधारित नाटकको निर्देशन सुन्दर धितालले गरेका छन्। रेखाले शीर्ष भूमिका मीराको पात्र निर्वाह गरेकी छन् भने कृष्णको भूमिकामा विशाल देवकोटा देखिएका छन्।

अभिनेता हरिवंश आचार्यले सोमबार बेलुका कान्तिपुर थिएटरमा नाटकको उद्घाटन गरेका थिए। यो नाटक जेठ १९ देखि असार ७ सम्म प्रत्येक दिन (बुधबार बाहेक) साँझ ५ः३० बजे गैरीधारास्थित कान्तिपुर थिएटरमा प्रदर्शन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?