काठमाडौं– अभिनेता विजय बराल मुख्य भूमिकामा रहेको फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को नाम फेरिएर अब ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ राखिएको छ।
हिन्दू धर्मसँग जोडिएका केही व्यक्ति र संस्थाले नामप्रति चासो देखाएपछि विवादमा फस्न नचाहेर ‘बाहुन’ शब्द हटाई ‘मान्छे’ राखिएको निर्माण पक्षले जनाएको छ।
मुख्य अभिनेता विजय बरालले पोस्टर सेयर गर्दै “तपाईंहरुकै सल्लाह सुझावबाट हामीले नाम परिवर्तन गरेका छौं,” भनी प्रतिक्रिया दिएका छन्। फिल्म भदौ ६ गते प्रदर्शनमा आउने तय भएको छ। हाल फिल्म पोस्ट प्रोडक्सनको चरणमा छ।
पोस्टरमा विजय बराललाई दुईवटा झोला बोकेर घरबाट निस्किन लागिरहेको देखाइएको छ। आमाबाट टीका लगाइँदै गरेको दृश्यसहित उनलाई निर्माण पक्षले ‘एपिक नेचुरल स्टार’ को ट्याग पनि दिएको छ।
हिमाल न्यौपाने निर्देशित फिल्ममा केकी अधिकारी, मिरुना मगर, भोलाराज सापकोटा लगायतका कलाकारहरूको पनि मुख्य भूमिका रहेको छ। छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया