मुम्बई- ‘लाल सिंह चड्डा’ फ्लप भएपछि केही समय अभिनयबाट टाढिएका बलिउड अभिनेता आमिर खान अब पुनः दर्शकमाझ फर्कन लागेका छन्। अहिले उनी आफ्नो नयाँ फिल्म ‘सितारे जमीं पर’ मार्फत आउन लागेका छन्, जुन जुन २० मा रिलिज हुँदैछ।
तर सबैभन्दा धेरै चासो भने आमिरको ड्रीम प्रोजेक्ट ‘महाभारत’लाई लिएर छ। हालैको एक अन्तर्वार्तामा आमिरले भनेका छन्, “मेरो सपना ‘महाभारत’ बनाउने हो, जुन ‘सितारे जमीं पर’पछि सुरु गर्नेछु। त्यो यस्तो प्रोजेक्ट हो, जसपछाडि मलाई अब केही गर्न जरुरी छैन भन्ने लाग्न सक्छ।”
भगवान कृष्णको भूमिकामा आमिर
स्रोतका अनुसार आमिर खान भगवान कृष्णको भूमिकामा देखिने तयारीमा छन्। साथै, हालै अल्लु अर्जुनसँगको उनको फोटो सार्वजनिक भएपछि दक्षिण भारतीय सुपरस्टार पनि फिल्ममा सामेल हुने चर्चा छ।
यहीबीच, आमिर सनी देओलको ‘लाहोर १९४७’ फिल्ममा पनि सानो भूमिका (केमियो) मा देखिने पक्का भएको छ। फ्यानहरूले अनुमान गरिरहेका छन् ‘महाभारत’ आमिर खानको करिअरको अन्तिम र ऐतिहासिक अध्याय बन्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया