मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुशील विश्वकर्माका दुई नयाँ गीतको भिडियो सार्वजनिक

काठमाडौं- गायक तथा संगीतकार सुशील विश्वकर्माले आफ्नै संगीतमा तयार भएका दुई गीत ‘पछ्यौरीको छेउ’ र ‘भुतुक्क भएँ नी’ को भिडियो सार्वजनिक गरेका छन्।

शुक्रबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज गायिका मिरा राणा र संगीतकार दीपक जंगमले दुबै गीतको भिडियो एकसाथ सार्वजनिक गरे। सो अवसरमा दुबै भिडियो प्रदर्शनीसमेत गरिएको थियो।

दुबै गीतको भिडियो सुशीलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। कार्यक्रममा मिरा राणाले सुशीलका गीतहरू श्रुतिमधुर रहेको बताउँदै गायनमा निखार आएको उल्लेख गरिन्।

दीपक जंगमले भाइरल गीतहरूको भीडबीच सुशीलले मन छुने सिर्जना ल्याएको भन्दै प्रशंसा गरे र यस्ता सिर्जनालाई निरन्तरता दिन आग्रह गरे।

‘पछ्यौरीको छेउ’ गीतमा सुशील र बिबी अनुरागीको स्वर रहेको छ भने शब्द हेमन्त विवशले लेखेका हुन्। मजदुर जीवनको पीडा झल्काउने यो गीतको भिडियोमा गोविन्द प्रभात, निरु खडका, कृष्ण रसाल, रोशन श्रेष्ठ र श्रेया नापितले अभिनय गरेका छन्।

त्यस्तै, ‘भुतुक्क भएँ नी’ मा महेश थुलुङको स्वर, राजेश गुरुङको शब्द र सुशीलको संगीत छ। भिडियोमा यसराज गराच र सुस्मिता बुढाथोकीको अभिनय रहेको छ।

दुबै गीतको निर्देशन कृष्ण रसाल, कोरियोग्राफी केशव कोइराला, छायांकन र सम्पादन राजेन्द्र पाण्डेले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?