मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सकारात्मक वर्ड अफ माउथ सँगै ‘के घर के डेरा: घर नं २’ प्रदर्शनको तेस्रो सातामा

काठमाडौं- चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । आजबाट यो सिनेमा प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको हो ।

सकारात्मक वर्ड अफ माउथ पाइरहेको चलचित्रले तेस्रो सातामा आइपुग्दा दर्शकले मन पराएको निर्माणपक्षले दाबी गरेको छ । आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेको निर्माणपक्षको भनाइ छ ।

“जति पनि दर्शकले सिनेमा हेर्नु भएको, राम्रो भन्ने प्रतिक्रिया दिइरहनु भएको छ । वर्ड अफ माउथ राम्रो भएकाले सिनेमा हेर्ने दर्शकको संख्या पनि बढ्दै जाने हाम्रो विश्वास छ,” निर्देशक दीपेन्द्र के खनालले भने ।

वितरक करण श्रेष्ठका अनुसार ‘के घर के डेरा : घर नं २’का शो थपिँदैछन् । राम्रो वर्ड अफ माउथ पाएको सिनेमामा केही हलहरुमा उच्च अकुपेन्सी हुनेमा निर्माणपक्ष ढुक्क देखिएको छ । सकारात्मक वर्ड अफ माउथ पाएको सिनेमालाई दर्शकले आम नोपलीको घरघरको कथा भन्दै प्रशंशा गर्दै आएका छन् ।

‘के घर के डेरा : घर नं २’ को कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा स् घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा स् घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?