मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्भावस्थामा अनुहारमा चायाँ पोतो किन देखिन्छ ?

काठमाडौँ- गर्भावस्थाको समयमा अनुहारमा चायाँपोतो देखा पर्नु धेरै आम महिलाहरूले अनुभव गर्ने सामान्य समस्या हो। विशेषगरी गालामा, निधारमा, नाकको वरिपरि, ओठमाथि वा कहिलेकाहीँ घाँटीमा समेत गाढा खालका खैरो वा कालो धब्बाहरू देखिन सक्छन्। यो अवस्था हार्मोनको परिवर्तन, सूर्यको किरण, आनुवंशिक कारणजस्ता विभिन्न कारणले हुने गर्छ।

चायाँ पोतो भन्नाले के बुझिन्छ?
चायाँ पोतो त्वचाको एक किसिमको अवस्था हो जसमा छालाको कुनै भागमा गाढा रंगका धब्बा वा धर्साहरू देखा पर्छन्। यो महिलाहरूमा पुरुषको तुलनामा ९०% बढी देखिन्छ। विशेषतः गर्भवती महिलाहरूमा यो ‘गर्भावस्थाको मास्क भनेर चिनिन्छ।

गर्भवती अवस्थामा चायाँ पोतो आउनुका प्रमुख कारणहरू
१. हार्मोनल परिवर्तन
गर्भावस्थामा इस्ट्रोजेन र प्रोजेस्ट्रोन हार्मोनको मात्रा अत्यधिक बढ्ने गर्छ। यी हार्मोनहरूले मेलानोसाइट नामक कोशिकालाई सक्रिय बनाउँछन् जसले मेलेनिन उत्पादन गर्छ। मेलेनिनले नै छालाको रंग गाढा बनाउने गर्छ।

२. सूर्यको पराबैंगनी किरण
गर्भवती महिलाको छाला सूर्यको किरणप्रति अझ संवेदनशील हुने भएकाले जब अनुहारमा सूर्योदयको प्रत्यक्ष सम्पर्क हुन्छ, तब चायाँ पोतो झनै स्पष्ट र गाढा देखिन्छ। सूर्यको पराबैंगनी किरणले मेलेनिनको उत्पादनलाई झनै तीव्र बनाउँछ।

३. आनुवंशिक कारण
यदि तपाईंकी आमा, बहिनी, वा अन्य नजिकका नातेदारमा चायाँ पोतोको समस्या देखिएको छ भने तपाईंमा पनि यो समस्या देखिने सम्भावना बढी हुन्छ।

४. तनाव र थकान
गर्भकालमा मानसिक र शारीरिक तनावले पनि छालामा असर पार्न सक्छ। Cortisol जस्ता तनावसम्बन्धी हार्मोनले छालाको प्राकृतिक संरचना बिगार्न सक्छ।

५. केही औषधि वा सौन्दर्य प्रसाधन
गर्भावस्थामा लिइने केही औषधिहरू, जस्तै जन्मनियन्त्रण चक्की (oral contraceptives) वा केही सौन्दर्य सामग्रीमा रहेका केमिकलले पनि चायाँ पोतो निम्त्याउन सक्छ।

चायाँ पोतोको रोकथाम र सावधानी
गर्भकालको दौरान चायाँ पोतो पूर्ण रूपमा रोक्न नसकिने भए पनि केही सावधानी अपनाएमा यसलाई कम गर्न सकिन्छ:

सुर्यबाट जोगिनुहोस्:
सूर्यको प्रकाशमा बाहिर निस्कँदा चुलो टोपी वा छाता लगाउनुहोस्।
न्यूनतम SPF 30 भएको सनस्क्रिन नियमित रूपमा प्रयोग गर्नुहोस्।

माइल्ड फेसवास र स्किनकेयर प्रयोग गर्नुहोस्:
अत्यधिक रसायनयुक्त फेस क्रिम र फेसवास प्रयोग नगर्नुहोस्।
प्राकृतिक र सौम्य सामग्रीयुक्त सौन्दर्य वस्तु प्रयोग गर्नु लाभदायक हुन्छ।

धेरैपानी पिउनुहोस्:
छालाको स्वास्थका लागि प्रशस्त पानी पिउनु अत्यन्त आवश्यक हुन्छ।

सन्तुलित आहार लिने:
भिटामिन इ,सी,ए युक्त खाना खानुहोस् जसले छालाको उज्यालोपन कायम राख्न मद्दत गर्छ।

चायाँ पोतो उपचारका विकल्पहरू (गर्भपछि)
गर्भावस्थामा उपचारका धेरै विकल्पहरू सिफारिस गरिँदैनन् किनभने धेरै औषधिहरू गर्भस्थ शिशुका लागि सुरक्षित नहुन सक्छन्। तर शिशु जन्मेपछि यदि चायाँ पोतो हटेको छैन भने तलका उपायहरू अपनाउन सकिन्छ:

मेडिकल उपचारहरू:
हाइड्रोक्विनोन क्रीम
ट्रेटिनोइन
कोजिक एसिड
ग्लाइकोलिक एसिड पील

लेजर ट्रीटमेन्ट:
डर्माब्रेसन
लेजर थेरापी

प्राकृतिक घरेलु उपायहरू:
बेसन र दहीको लेप
एलो भेरा जेल
कागती र महको मिश्रण
यस्ता उपायहरू चिकित्सकको सल्लाहबिना प्रयोग नगर्नु राम्रो हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?