मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्रमा छुटेको ‘काली–कर्णाली’

काठमाडौँ। एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमलाई दुई चरणमा विभाजन गरी प्यानल डिस्कसन सञ्चालन गरिएको थियो। पहिलो चरणमा मोहन निरौला, जनकदीप पराजुली, लक्ष्मण सुनार र देवेन्द्र बजगाई सहभागी थिए भने कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मी बलायरले गरेकी थिइन् ।

यस चरणमा चलचित्रकर्मीहरूले कर्णाली क्षेत्रमा चलचित्र छायांकनका लागि आवश्यक लगानी, स्थानीय भाषा, भेषभूषा लगायतका विषयमा विस्तृत छलफल गरेका थिए।

दोस्रो चरणको प्यानल डिस्कसन सञ्चारकर्मी डीबी खड्काले सहजीकरण गरेका थिए । उक्त चरणमा चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डीसी, माननीय ज्ञानेन्द्र शाही, माननीय ऐन महर, माननीय वासना थापा र अभिनेता दीपकराज गिरी सहभागी थिए। यस क्रममा चलचित्रसम्बन्धी नीतिगत विषय, प्रस्तावित विधेयक, काली–कर्णाली क्षेत्रको प्राकृतिक सुन्दरता, भाषागत तथा सांस्कृतिक विविधता र छायांकनका सम्भावनाबारे छलफल भएको थियो।

कार्यक्रममा सहभागी विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूले नेपाली चलचित्रमा सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्भावना, सहभागिता तथा त्यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विषयवस्तुबारे आ–आफ्ना धारणा राखेका थिए।

सो क्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र नृत्य संघका अध्यक्ष जनकबहादुर कार्की, निर्देशक देव नेपाल, राजबहादुर साने, सुशील पोखरेल, कर्णाली चलचित्र महोत्सवका अध्यक्ष तथा चलचित्रकर्मी चक्रबहादुर चन्द लगायतले आफ्नो विचार व्यक्त गरेका थिए।

त्यसैगरी कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य वीरेन्द्र भट्ट, सन्तोषबाबु लोहोनी, चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ, वरिष्ठ कलाकार उत्तम के.सी., उपेन्द्र तिमल्सिना, गीता अधिकारी, गोपाल ढकाल ‘छन्दे’, गीता नेपाल, धर्मेन्द्र आचार्य, राज टाइगर, इन्द्रबहादुर दोङ ‘खम्बे’, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाई, भीम बिसी, गायिका इब्सल सन्ज्याल लगायत सुदूरपश्चिम र कर्णाली प्रदेश प्रतिनिधित्व गर्ने कलाकार, सर्जक र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व निर्देशक माधवराज खरेलले गर्नुभएको थियो। कार्यक्रमका संयोजक एभरेष्ट ग्यालरीका प्रबन्ध निर्देशक तथा कलाकार सनम कठायत रहेका थिए भने सञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?