काठमाडौं। पछिल्ला तीन दिनयता लगातार सुनको मूल्यमा गिरावट आएको छ।
हालसम्मकै उच्च ३ लाख ३९ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य सोमबार पनि घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्यमा १३ हजार ४ सय रुपैयाँको गिरावट आएको छ । सोमबार २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारयता सुनको मूल्यमा प्रतितोला ५२ हजार ७०० रुपैयाँको गिरावट आएको छ ।
यस्तै सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यस दिन प्रतितोला चाँदी प्रतितोला ५२०० रुपैयाँ मूल्य कायम भएको छ । आइतबार ५५०० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया