मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

काठमाडौं। आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन् २०२६ जनवरी १ तारिख। अंग्रेजी नयाँ वर्ष। राष्ट्रिय पोसाक दिवस, टोपी दिवस। पुस शुक्ल पक्षको त्रयोदशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष: सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

वृष: नयाँ काम गर्ने अवसर मिल्नेछ। सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ। जागिरमा पदोन्नति हुनेछ। राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ।

मिथुन: परोपकारी काममा रुची बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ।

कर्कट: सहयोगीहरूले काममा साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ।

सिंह: साथीभाईसँग भेट हुँदा मन प्रशन्न रहनेछ। व्यापार व्यवसायमा प्रशस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

कन्या: टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ।

तुला: व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

वृश्चिक: व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइ लेखाइमा प्रगति हुनेछ।

धनु: रोकिएका अधुरा कामहरु सुरु हुनेछन्। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। लामो समयपछि साथीभाइसँग भेट हुँदा मन प्रशन्न रहनेछ।

मकर: समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। रमाइलोमा समय बित्नेछ।

कुम्भ: सुखदु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको सहयोगले महत्वपूर्ण काम सफल हुनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

मीन: सोचेको आटेको कामहरु बन्नेछन्। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा बदलिने छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?