काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ। बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। जुन मूल्य अहिलेसम्मकै उच्च हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया