मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज २०८२ साल मंसिर २४ गते बुधबारको राशिफल

काठमाडौं। आज २०८२ साल मंसिर २४ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर १० तारिख। पुष कृष्ण पक्षको षष्ठी तिथि। अन्तर्राष्ट्रिय मानवअधिकार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष: अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ । आज परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, देखिन्छ। पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने छ।

बृष: समय धेरै राम्रो रहेको छ । आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कामबाट पनि आर्थिक लाभ मिल्नेछ। परिवारमा मेलमिलाप रहनेछ र प्रेम जीवनमा पनि आत्मीय सम्बन्ध हुन सक्नेछ। आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला। सामाजिक पद पाउने ग्रहयोग रहेको छ ।

मिथुन: समय शुभ रहेको छ। आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनेछ। विलासी वस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुशी रहनेछन् ।

कर्कट: सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भए पनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। आज स्वास्थ्य पनि सामान्य नै रहनेछ। परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ।

सिंह: पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ ।आज पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई हानी हुन सक्छ, विचार गर्नुपर्छ। प्रेम प्रसङ्गमा रमाउन सकिनेछ ।

कन्या: आज व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ। महत्वपूर्ण काम सम्पन्न हुन सक्छ। आज विद्यार्थीको पनि पढाईमा प्रगति हुन सक्छ। भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेकोछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने छन l

तुला: पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ । आज आर्थिक क्क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्छन्। आज धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ। पढाई सम्बन्धि क्षेत्रहरु राम्रो रहन सक्छन्।

वृश्चिक: आज शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सक्छन् भने अन्य क्षेत्र सामान्य रहन सक्छ। हतारको निर्णयले पछुताउनु पर्ने हुन सक्ने भएकाले निर्णय गर्दा विचार गर्नुपर्छ। मायाा प्रेममा विश्वासको वातावरण बढेर जानेछ । पुराना इष्टमित्र एक्कासी भेट होलान् ।आज अनावश्यक यात्रा हुन सक्छ।

धनु: आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ। सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने छ प्रेम प्रसङ्गमा एक अर्काबिच नजिक हुने तथा रमाउन सकिनेछ । आफ्ना कमजोरीहरु सकभर लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।

मकर: समय राम्रो रहेको छ । विद्यार्थीले पढाईमा प्रगति गर्न सक्नेछन्। आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । आज आफूभन्दा तल्ला तहका कर्मचारीबाट राम्रो सहयोग मिल्न सक्छ। प्रेमीको साथ रमाइलो छोटो यात्रा हुन सक्छ।

कुम्भ: आज लेनदेन गर्दा आफुलाई घाटा हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ। आज प्रेम जीवन तथा पारिवारिक जीवनमा सामान्य असमझदारी देखिए पनि तुरुन्तै हट्नेछ। विद्यार्थीको पढाई सामान्य रहन सक्छ। व्यापार व्यावसायमा देखिएका असहजलाई भत्काउँदै ,विलासी वस्तुहरुको उपभोग गर्न पाईनेछ ।

मीन: समय राम्रो रहन सक्छ । मकर राशि भएकाहरूका लागि आज मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । अवरुद्ध कार्य पनि सफल हुनेछन् । विद्यार्थीको पढाईमा ध्यान जान्छ। नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?