काठमाडौं। आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर ८ तारिख। पुष कृष्ण पक्षको चतुर्थी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष: मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।
बृष: काममा मन जानेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । जोडीहरुका लागी समय उत्तम रहेकोछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।
मिथुन: हिम्मत गर्दा लक्ष्यकाे उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। व्यक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा विशेष सावधानि अपनाउनु होला । आलस्य तथा थकानको अनुभूति हुनेछ l प्रेममा धोका हुनसक्छ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
कर्कट: प्रेमको बन्धन कसिलो हुने छ । अध्ययनलाई निरन्तरता दिन सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ । बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पेसा–व्यसायमा मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ।
सिंह: आफन्तको विश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद, प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ।
कन्या: यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम थाल्ने समय छ।
तुला: साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय छ।
वृश्चिक: कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाइकै सवालमा यात्रा हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ।
धनु: व्यापार व्यावसाय फस्टाएर जानेछ । विभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मकर: विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यावसाय फस्टाएर जानेछ । ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा बृद्धि हुनेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ । समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ। कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला ।
कुम्भ: मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । सामानको व्यापार फस्टाएर जानेछ । रोकिएकाे काम सम्पादन हुनेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।
मीन : आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ l तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया