मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज

काठमाडौँ।  भारतले विशाखापत्तनममा सम्पन्न तेस्रो एकदिवसीय क्रिकेट खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ।

२ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो।

भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल। जसले आफ्नो पहिलो ओडिआई शतक प्रहार गरे। १ सय २१ बल खेलेका उनले १२ चौका र २ छक्का सहित १ सय १६ रनमा अविजित रहे।

जयसवालले पहिलो विकेटका‌ लागि रोहित शर्मासँग १ सय ५५ रनको साझेदारी गरे। रोहित शर्माले ७५ र विराट कोहलीले अविजित ६५ रन बनाएका थिए ।

त्यसअघि विशाखापट्टनममा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४७ ओभर ५ बलमा २ सय ७० रनमा अलआउट भयो। दक्षिण अफ्रिकाका क्विन्टन डे ककले १ सय ६ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। भारतका भारतका प्रसिद्ध कृष्णले ४ विकेट लिए।

यसअघि यी दुई टोलीबीच भएको टेस्ट शृङ्खलामा दक्षिण अफ्रिकाले भारतलाई हराएको थियो । अब भारत र दक्षिण अफ्रिकाबीच ५ खेलको टी–२० शृङ्खला आउँदो मङ्गलवारदेखि कटकमा शुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?