काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ८०० रुपैयाँले बढेर २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ बढेर ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया