काठमाडौं। नेपाली बजारमा आज आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन मूल्य प्रति तोला ११ हजार ६ सयले घटेर २ लाख ४१ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि कार्तिक ३ गते सोमबार सुन तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २६५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि कार्तिक ३ गते सोमबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया