मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूजा शर्मा ‘महादशा’ फिल्ममा अनुबन्धित

काठमाडौं। अभिनेत्री पूजा शर्मा तिहारको लक्ष्मीपूजाको दिन नयाँ नेपाली फिल्म ‘महादशा’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएकी छन्।

फिल्मको निर्माण टिमले उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको हो। निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने यस फिल्ममा यसअघि निरुता सिंह, उत्तम प्रधान, हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्। अन्य कलाकारमा बिनोद न्यौपाने, रियर राई, प्रभात लामा, रामचन्द्र अधिकारी, पुस्कर भट्ट लगायत छन्।

निर्देशक किरणका अनुसार, ‘महादशा’ ले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण अवस्थाहरूलाई कथामार्फत प्रस्तुत गर्नेछ।

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा मनिष गौतमको पटकथा रहेको छ भने राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माता र सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?