मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज

काठमाडौँ। अभिनेता तथा निर्देशक बिराज भट्ट निर्देशित सुपरहिट नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज गरिएको छ।

गत वर्ष बडादसैंमा रिलिज भई २२ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको यो चलचित्रलाई लक्ष्मीपूजाको अवसरमा डिजिटल रूपमा सार्वजनिक गरिएको हो।

दर्शकले चलचित्रलाई रु. २९९ मा विश्वभरबाट ‘सिनेमाघर एप’ मार्फत हेर्न सक्नेछन्। यो एप गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतका उपकरणमा उपलब्ध छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि सहजै हेर्न सकिने सुविधा छ।

चलचित्रमा बिराज भट्टसँगै समीर, न्यान्सी खड्का, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला लगायतका कलाकारको अभिनय रहेको छ। कथा स्वयं बिराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकारले तयार पारेका हुन्।

‘१२ गाउँ’ को डिजिटल रिलिजले नेपाली फिल्म उद्योगलाई ओटीटी माध्यमतर्फ उन्मुख गराउने सकारात्मक कदमका रूपमा हेरिएको छ। ‘सिनेमाघर’मा यसअघि पनि ‘पिताम्बर’, ‘होस्टेल ३’, ‘गाउँ आएको बाटो’, ‘फेरी रेशम फिलिली’ लगायतका चलचित्रहरू स्ट्रिमिङ भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?