मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘वरिष्ठ बलराम’मा दयाहाङ राई नयाँ अवतारमा

काठमाडौं। अभिनेता दयाहाङ राईले फिल्म ‘वरिष्ठ बलराम’ मार्फत फरक आवरणमा आफूलाई प्रस्तुत गर्न लागेको बताएका छन्।

प्रायः गाउँले र साधारण पात्रमा देखिने दयाहाङ यसपटक शहरिया धनी क्यारेक्टरमा देखिनेछन्। ट्रेलरमा दयाहाङ सुट, टाइ र कोटमा विल्कुल नयाँ रूपमा देखिएका छन्। उनले भने, “आवरणमा फरकपन छ, तर अभिनयमै रमाइलो छ। चितवनको गर्मीमा कोट लगाउनु भने चुनौती थियो।”

सुरेन्द्र पौडेल निर्देशित फिल्ममा दयाहाङसँग विजय बरालको टकराव कथा केन्द्रमा छ। वरिष्ठ देखाउन चाहने र आफ्नो हैकम जोगाउने पात्रमा दयाहाङ छन् भने विजय उनको प्रतिद्वन्द्वी हुन्।

कात्तिक ६ गते रिलिज हुने फिल्ममा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ। फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?