मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ। कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्य अभिनेता तथा गायक अशोक दर्जीलाई केन्द्रमा राखिएको छ, जहाँ उनी ओठमा हाँसो र आँखामा आँसुका साथ देखिएका छन्।

पोस्टरले अशोकको संघर्ष र सफलताको कथा संकेत गर्छ। टंक बुढाथोकी निर्देशित फिल्ममा सरोज खनाल, निता ढुङ्गाना, बुद्धि तामाङ, रमेश विश्वकर्मा, भोला सापकोटा र रवीन्द्र झा लगायत कलाकारको अभिनय छ।

‘कथा जिरोदेखि हिरोसम्म’ भन्ने ट्यागलाइनसहितको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, पार्वती अधिकारीलगायत पनि देखिने छन्। फिल्मको कथा र संगीत निर्देशक बुढाथोकीकै हो भने पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन्।

फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र मित्र डि. गुरुङको सम्पादन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?