मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र ‘सोल्टिनी’को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक

काठमाडौं। कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’ ले नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक गरेको छ।

गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने स्वर प्रशान्त सिवाकोटी र झुमा लिम्बुले दिएका छन्। मधुर लय र भावनाले भरिएको गीतले चलचित्रको भावनात्मक कथालाई झल्काउने प्रयास गरेको छ।

चलचित्र ‘सोल्टिनी’को कथा एक अन्तरजातीय प्रेमकथामा आधारित छ, जसले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई उजागर गर्छ। निर्देशक अर्जुन सुवेदी निर्देशित यस चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा छन्। उनीहरूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायत कलाकारको पनि अभिनय रहेको छ।

यसअघि सार्वजनिक ट्रेलरले चलचित्रप्रति दर्शकको उच्च चासो बढाएको थियो। ट्रेलरमा सामाजिक सन्देशसहितको प्रेमकथा प्रस्तुत गरिएको छ, जसले ‘सोल्टिनी’लाई केवल मनोरञ्जनका लागि होइन, सामाजिक चेतना फैलाउने चलचित्रका रूपमा पनि उभ्याउने सङ्केत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?