मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनमोल केसी स्टारर ‘जेरी अन टप’ आजबाट प्रदर्शन

काठमाडौँ। अनमोल केसी मुख्य भूमिकामा रहेको फिल्म ‘जेरी अन टप’ आजदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको छ।

दुई सयभन्दा बढी शोसहित रिलिज भएको यो फिल्म अनमोलको ‘फर्की फर्की’ पछि करिब १६ महिनापछि पर्दामा कमब्याक हो।

अघिल्लो चर्चित फिल्म ‘जेरी’ को ब्रान्डमा आधारित र अनमोलको लामो अन्तरालपछि आएको हुनाले ‘जेरी अन टप’ अहिले निकै चर्चामा छ। सुयोग गुरुङको निर्देशनमा बनेको यस फिल्ममा अनमोलसँगै अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा छन्। साथै भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्तको पनि अभिनय रहेको छ।

अनन्या फिल्म्सको ब्यानरमा तयार गरिएको यो फिल्म सरोज न्यौपानेले निर्माण गरेका हुन्। हेमराज बिसीको कथा रहेको फिल्मको पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्।

दुलिप रेग्मीले सिनेमाटोग्राफी गरेका छन्। फिल्म निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र भविस्य खड्का सहनिर्माता रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?