काठमाडौं। अभिनेता प्रदीप खड्का अभिनीत चर्चित फिल्म ‘प्रकाश’ अब युट्युबमा सार्वजनिक गरिएको छ।
निर्देशक दिनेश राउतको निर्देशनमा बनेको यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत तिहारको अवसरमा रिलिज गरिएको हो।
जुम्ला जिल्लामा सम्पूर्ण छायांकन गरिएको यस फिल्मले एक सामान्य युवाको शिक्षक बन्ने सपना र संघर्षको कथा प्रस्तुत गर्छ। सामाजिक सन्देशसहितको कथावस्तुमा आधारित यस फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो।
फिल्ममा प्रदीप खड्कासँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, राजन खतिवडालगायत कलाकारहरूको दमदार अभिनय रहेको छ।
फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् भने महेन्द्र अधिकारीले लगानी गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया