मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘जेरी अन टप’ को खुल्यो टिकट बुकिङ

काठमाडौं । युवा स्टारको ट्याग पाएका अभिनेता अनमोल केसी झण्डै डेढ वर्षपछि पर्दामा आउँदैछन् । अनमोल अभिनित फिल्म ‘जेरी अन टप’ यहि शुक्रबार (असोज ३१)बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

यसअघि उनको फिल्म ‘फर्की फर्की’ गत वर्ष (२०८१) को जेठमा प्रदर्शनमा आएको थियो। उक्त फिल्म रिलिजको १६ महिनापछि अनमोल हलमा आउन लागेकाले पनि ‘जेरी अन टप’ लाई थप चासोका साथ हेरिएको छ। फिल्मको टिजर र ट्रेलर लगायतका प्रचार सामाग्रीले पनि दर्शकको ध्यान तानेको छ।

एफक्यूव सिनेमाले सोमबार साँझ नै यो फिल्मको बुकिङ ओपन गरिसकेको छ। एफक्यूवले वेभसाइटमा ‘जेरी अन टप’को अग्रिम बुकिङ खुला गरेको २४ घण्टा नबित्दै दर्शकबाट उच्च माग भएपछि शोज थप गरेको छ ।

सोमबार एफक्यूवले यो फिल्मलाई ५ शोज उपलब्ध गराएको थियो भने मंगलबार बिहान थप एक शोज प्लस गरेर ६ शोज बनाएको छ । यस्तै फिल्मको उच्च माग भएपछि विर्तामोडस्थित पाथिभरा हलले समेत सुरूमै शोज थपेको छ। ३ शोजबाट ४ शोज बनाएको छ ।

सुयोग गुरुङको निर्देशित यस फिल्ममाअनमोलसहित अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ अभिनयमा छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्त प्रमुख अभिनयमा छन्। अनन्या फिल्मस्’को ब्यानरमा तयार यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?